सुवास श्रेष्ठ
देशमको अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने गरि भएको “जेन जि” को आन्दोलनबाट निजि तथा सरकारी सम्पत्तिमा धेरै नै क्षति भएको छ । जसको असर निजि क्षेत्रमा पनि व्यापक असर परेको भाटभटेनी देखि लिएर चन्द्रागिरी हिल्स सम्म यो प्रतावबाट अछुतो रहन सकेन । जीवनमा सबै कुरा सधैं हाम्रो अनुकूल हुँदैनन्। कहिले काँही त यति धेरै चुनौतीहरू आइपर्छन् कि जसले हाम्रो आत्मबललाई नै हल्लाइदिन्छ। तर त्यही बेला, कसैको आँखा आँसुले भरिए पनि, आँसु पुछेर मुस्कान दिने हिम्मत गर्नेहरू नै साँचो नेतृत्वकर्ता हुन्छन्।
चन्द्र ढकाल—आईएमई ग्रुपका अध्यक्ष, एक सफल उद्यमी मात्र होइनन्, उनी हाम्रै देशको आर्थिक विकासमा योगदान पु¥याउने अग्रपंक्तिका योद्धा पनि हुन्। उनी भन्छन्:
“अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँसु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन।”
यो भनाइ केवल शब्द होइन, यो मनोबल हो। यस्तो अवस्थामा सामान्य मानिस निराश हुन्छ, तर नेतृत्व गर्ने मान्छे आँसु थामेर पनि अरूलाई थाम्ने कोशिस गर्छ। चन्द्र ढकालले यसरी आँफैलाई सम्हाल्नु, अरूलाई सम्हाल्नु, त्यो आत्मबलको उत्कृष्ट उदाहरण हो।
उनी भन्छन्—
“हामीसँगै पारिवारिक रोजीरोटी जोडिएका २० औँ हजारको आत्मबलमा ठेस पुग्ला भन्ने डर लाग्छ।”
नेतृत्व भनेको केवल अग्रसर हुनु मात्र होइन, संकटमा सबलाई एक ठाउँमा उभ्याउने शक्ति हो। उनले आफ्ना कर्मचारीहरूलाई प्रेरणा दिँदै क्षतिग्रस्त फोटो तथा भिडियो शेयर नगर्न आग्रह गरे, ताकि त्यो दृश्यले मनोबल कमजोर नबनाओस्। यो संवेदी नेतृत्व हो— जहाँ भावना छ, जिम्मेवारी पनि छ।
चन्द्र ढकालको सन्देश उधमी र नवप्रवतन लगायत सबैका लागि प्रेरणा हो:
- जब जीवनमा संकट आउँछ, त्यो हार मान्ने समय होइन, सम्हालिने समय हो।
- जब आँसु आउँछ, त्यसलाई लुकाएर होइन, उद्देश्यमा रूपान्तरण गरेर अगाडि बढ्ने हो।
- जब अरू पनि पीडामा छन्, त्यति बेला तिमी दुख देखाएर होइन, आशा देखाएर उभिनुपर्छ।
साँचो नेतृत्वको पहिचान त्यही हो—जहाँ व्यक्तिगत पीडाभन्दा ठूलो हुन्छ सामूहिक भविष्यको चिन्ता। चन्द्र ढकालजस्तो व्यक्तिहरू हामी सबैका लागि उदाहरण हुन् कि कसरी व्यक्तिगत क्षतिमा पनि देशको सपना जोगाउन सकिन्छ
किनभने देश अगाडि तब मात्र बढ्छ, जब नेतृत्व आँशु थामेर आशा बाँड्न सक्छ।







