निकोला टेस्ला (भाग २)  :-  २८ वर्षको उमेरमा टेस्ला १८८४ मा न्युयोर्क आइपुगे । जहाँ उनको विश्वकै सबैभन्दा महान् वैज्ञानिक तथा आविस्कारक  थोमस एल्वा एडिसनसँग काम गर्ने अभिलाषा थियो । अमेरिका आइपुग्दा उनको खल्तीमा जम्मा ४ सेन्ट पैसा थियो अनि थियो केही गणितीय हिसाव, उड्ने मेसिनको स्केच आइडिया र एडिसनको युरोपियन  व्यापारिक साझेदार चाल्र्स ब्याचलरको सिफारिशपत्र । जब टेस्ला आफूले भेट्न र सँगै काम गर्न चाहेको ‘हिरो’ एडिसनको अफिसमा पुगे, उनी एकदमै उद्धेलित र रोमाञ्चित भैरहेका थिए ।

प्रिय एडिसन महोदय, म दुई महान् मानिसहरूबारे जान्दछु र तपाइँ तिनीहरूमध्ये एक हुनुहुन्छ । अर्को चाहिँ यो ठिटो हो ।”)

टेस्लाले आफुले गरेका इन्जिनियरिङ सम्वन्धी कामहरूबारे बताए र एसी विद्युत अल्टरनेटिङ करेन्ट मोटरबारेको आफ्नो अवधारणा पनि सुनाए ।

सर्वप्रथम विद्युतको प्रयोग सन् १८७० को दशकको अन्त्यतिर भएको थियो । त्यतिखेर एडिसनले फिलामेन्ट चिमको भर्खरै आविस्कार गरेका थिए । एडिसनको DC पावर स्टेशन म्यानहटनको पल स्ट्रिटमा थियो ।

न्युयोर्कका धनाढ्यहरू आ–आÏनो घरका बिजुली बाल्न प्रशस्त खर्च गर्न तयार थिए । तीनै धनाढ्यहरूमध्येका एक बैङ्कर जे.पी. मोर्गानले एडिसनको परियोजनामा भारी मात्रामा लगानी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय