“हरियो बन नेपालको धन”अबका दिनमा किताबका पानामा मात्र सिमित रहने हो कि भन्ने अनुभव हामी बूढानीलकण्ठ वासीहरुले गर्ने सक्दछौ किनकि वर्तमान समयमा बूढानीलकण्ठ नगरपालिकामा बनजङ्गल तथा प्राकृतिक श्रोतसाधनको फडानी एवं बिनाश तीब्र गतिमा भैरहेको भनी एक हाम्रो सर्वक्षणले देखाएको छ। यस विषयमा हामी निरन्तर खोज तथा अनुसन्धान गरिरहेका छौ ।
बूढानीलकण्ठ नगरपालिकालाई प्राकृतिक श्रोतसाधन तथा सम्पदाको धनी नगरपालिकाको रुपमा लिन सकिन्छ यस नगरपालिकाको ३५०८.९६ वर्गमिटर कुल क्षेत्रफल मध्य बनजङ्गल ८७८.४४ वर्गमिटरमा फैलिएको करिब २५ प्रतिशत जङ्गलको भुभाग रहेको छ । लगभग चारैतिर प्रशस्त बनजङ्गलहरु बाट घेरेका यस बूढानीलकण्ठ नगरपालिकामा भने स्थानिय सरकार बनिसके पछि प्राकृतिक सम्पदाको व्यापक दोहन भएको यथेष्ट हेर्नु पाउछौ यति सम्म प्राकृतिसम्पदा श्रोत बिनाशको शिकार भएको छ कि यस नगरपालिका भित्र रहेको सामुदायिक वन तथा सार्वजनिक जमिन चिथाेरेर,मिचेर,मासेर यस्ता दर्जनाै ठाउँमा धरापझैँ प्लटिङ भएकाे छ। स्थानीय सरकारदेखि स्थानीय दलहरूकाे मजबुत आवाज एवम् पहल भने शुन्य जस्तो नै छ ।

फोटो स्रोत : बागमती टुडे बाट
बूढानीलकण्ठ नगरपालिका २०७४ बाट निर्वाचित भएर आएका स्थानिय जनप्रतिनिधिहरु समक्ष यस बिषयमा आवाज उठाउदा सुनेको नसुन्ने जसरी गरि आफ्नो कार्यकालको समयवधी समाप्त गरिसकेर बिदा भैसकेका छन भने स्वयंम जनप्रतिनिधिहरुको प्रत्यक्ष सङलग्न छ भनि विभिन्न मिडिया तथा सोसल नेट्वोर्कमा चर्चा चल्दा समेत यस बिषयलाई बेवास्ता गर्दै आफ्नो कार्यकाल सकाए यधपी स्थानिय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएर बूढानीलकण्ठ नगरपालिकामा नयाँ जनप्रतिनिधि आइसके भने अहिलेसम्मको भैरहेको क्रियाकलापलाई मुल्यांकन गर्दा र अवस्थाको मापन गर्दा पुरानो पढ्दतीमा नै स्थानिय सरकार संचालित हुने होकि भनी आकलन गर्न सकिन्छ किनकि पुर्ने: सामुदायिक वन तथा सार्वजनिक जमिन काेपरेर, चिथाेरेर, मिचेर, मासेर दर्जनाै ठाउँमा धरापझैँ प्लटिङ भएकाे छ ।

फोटो स्रोत : बागमती टुडे बाट
यसरी बूढानीलकण्ठ नगरपालिकाको नाकैमुनि अबैध क्रियाकलाप भैरहदा र सम्पदा मासिरहदा,बनजङ्गल बिनाश गरिरहदा,जमिन कोपरिरहदा,सार्बजनिक जमिन ब्यक्तिले उपभोग गरिरहदा नगरपालिकालाई कुनै मतलब नै नभएको होकि या हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा आएको हल्ला जस्तै एकथान वडा अध्यक्ष पद जित्नको लागि ४ करोड सम्म गरिएको लगानी अब त्यस लगानी उठाउन सुरु गरेको हो भनी गम्भीर भएर सोच्ने बेला आएको छ। के बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले धरानका मेयर हर्क साम्पाङ्गले जसरी यो माटो बालुवा ढुङ्गा सम्पदा मासेर गरेको बिकास लाई म बिकास मान्दिन र चाहिदैन भन्न सक्ला ?

फोटो स्रोत : बागमती टुडे बाट
प्रस्तोता/लेखक: सुवास श्रेष्ठ







