प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बैठकमा केही सरुवा, बढुवासहितका विभिन्न विषयहरूमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

यसअघि, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणलाई स्वीकृति दिएको थियो। सो बैठकमा करिब दुई दर्जन निर्णयहरू भएका थिए। सोमबारको बैठकले पनि देशका विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरी निर्णय लिने सम्भावना छ।

बैठकमा नयाँ राजनीतिक तथा प्रशासनिक कदमहरूलाई अन्तिम रूप दिने, सरकारी तहमा सरुवा र बढुवाका विषयमा निर्णय गर्ने, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय