काठमाडौं ।आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन। आजको दिन आफ्नो बाबुको मुख हेर्ने र सम्मान गर्ने परम्परा रहेको छ।

आजका दिन सन्तानहरूले आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई मुख हेर्ने गर्छन्।

आमाबाबु नहुनेले आजको दिन तीर्थ गएर श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ। आजको दिन हिन्दु नेपालीहरूको घरमा कुशको औंठी राख्ने गरिन्छ।

दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औंसीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय