आज भोटो देखाउने जात्रा,रातो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा सरकार द्वारा विज्ञप्ति जारी ।रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ। यस जात्रा लाई सबैभन्दा लामो समयसम्म मनाइने जात्राको रुपमा परिचित रहेको छ। साथै यस जात्रा लाई नेवारी भाषा अनुसार “प्वाकल जात्रा” पनि भनिन्छ। रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जनाएको छ। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले सार्वजनिविदा दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय