नेपाल सुनचाँदी ब्यवसायी संघ   का अनुसार नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।

आज अर्थात सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार मात्र नेपाली सुनचाँदी ब्यवसायमा सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियोे ।

नेपाली सुनचाँदी ब्यवसायमा आज भने सुनको मुल्यमा वृद्धि भएता पनि चाँदीको मूल्य भने स्थिर रहेको र चाँदीको मूल्य आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय