बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० अवस्थित इन्द्रधनुष बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाको अध्यक्षमा माधवलाल श्रेष्ठ निर्विरोध चयन भएका थिए ।

संस्थाको १६ औं साधारणसभाबाट संस्थामा अध्यक्ष लगायत नयाँ कार्यसमिति सहित लेखा सुपरिवेक्षण समितिको संचालक समिति चयन भएको छ।

संस्थाको अध्यक्ष माधवलाल श्रेष्ठका अनुसार समाज बिकासमा सहकारी संस्थाको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको थियोे भने संस्थालाई सबल बनाउन संस्थाका सबै पक्ष सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने समेत बताउनु भएको थियोे ।

आज भएको उक्त संस्थाको साधारणसभामा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी प्रमुख अतिथिको र विशेष अतिथिको रूपमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराई उपस्थिती रहेका थिए भने अतिथिमा कपन क्याम्पसका अध्यक्ष कुमार ओझाका साथमा अन्य सामाजिक ब्यक्तिहरुको उपस्थित रहेकोे थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय