काठमाडौं। ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स सेवा बन्द गरेको छ। सार्वजनिक सूचना जारी गर्दै ई–सेवाले देशभित्रको रेमिट्यान्स सेवा बन्द गरेको जानकारी दिएको हो।
ई–सेवाले उक्त निर्णयको जानकारी राष्ट्र बैंकलाई पनि दिइसकेको छ। अब कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गरिने पनि उनको भनाइ छ।
रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु रहेको कारण देखाउँदै कारोबार बन्द गरेको हो।







