पौष २२ काठमाडौ / सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ।उखु किसानले उद्योगलाई दिएको उखूको मूल्य नपाएको भन्दै वर्षेनी आन्दोलन गर्दै आइरहेका थिए।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो ।
कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थिय । सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानहरुले भने ६५० रुपैयाँ तोक्न माग गर्दै आएका थिए ।
समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।







