आगामी भदौ १ गते शनिबारको दिनमा हुन लागेको उच्च अदालत बार एसोसिएसन पाटनको लागि नयाँ नेतृत्वको कार्यसमितिका लागि निर्वाचनको लागि मनोनयन दर्ता भएको छ भनि उच्च अदालत बार एसोसिएसन पाटन ललितपुर निर्वाचन समितिबाट नामावली प्रकाशित भएको छ ।

यसपटकको निर्वाचनमा नयाँ कार्यसमितिका लागि एमाले र माओवादी निकट अधिवक्ताहरु बीच गठबन्धन भएको छ भने उक्त गठबन्धन विरुद्ध नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निकट अधिवक्ताहरूको मिलेर बनेको प्यानलको घोषणा भएको छ। सो निर्वाचनका लागि मंगलबार दुवै प्यानलका उम्मेदवारहरुको नामावली दर्ता सङै निर्वाचन समितिद्वारा नामावली प्रकाशित भएको छ ।

एमालेको संगठनको तर्फबाट अध्यक्षमा विदुर प्रसाद ढुंगाना र नेपाली काङ्ग्रेसको तर्फबाट गोपाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएको भनी जानकारी प्राप्त भएको हो । हाल उच्च अदालत पाटन बारको अध्यक्षमा शान्तिराम खतिवडा रहेका छन ।

उक्त मनोनयन दर्तामा माओवादीबाट सहसचिव र एक सदस्य पाएको छ भने अर्को प्यानल अर्थात नेपाली काङ्ग्रेस र नेकपा एसको तर्फबाट उपाध्यक्ष र सचीवको लागि मनोनयन दर्ता भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय