– सुवास श्रेष्ठ

सर्कषमा जोकर भएन भने सर्कष नै कसरी चल्छ र यो भनाइ हो निवर्तमान उपप्रधानमन्त्री एव गृहमन्त्री रबि लामिछानेको तथा केन्द्रित थियोे नेपालका प्रतिष्ठित पत्रकार प्राइम टेलिभिजनका अध्यक्ष समेत रहेका ऋषि धमलालाई गरिएको कटाक्ष ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सरकारबाट बाहिरिने निर्णय गर्दै पत्रकार सम्मेलन मार्फत आफुलाइ यो हालतमा पुर्याउने अरु कोहि नभइ नेपालका नाम कहलिएका संचार प्रतिष्ठानका सम्पादकहरु लगायत केही टिवटर प्रयोगकर्ता लाई धारे हात लाउदै आफू विरुद्ध निरन्तर नकारात्मक समाचार सम्प्रेषण गरेको भन्दै विभिन्न आरोप लाएका हुन । सभापति लामिछानेको नागरिकताको मुद्दाका कारणले गर्दा नै गृहमन्त्री पद धरापमा परेको थम्माइ छ ।

आफुले कहिले पनि “कनफिक्ल्ट अफ इन्ट्रेस्त” मा केन्द्रित नभएको स्पस्त पार्दै जो निरन्तर आफुलाइ विभिन्न अपुस्ट समाचारहरु निरन्तर लेखे र बदनाम गराउन केन्द्रित रहेको भन्दै पत्रकार सम्मेलनमा आक्रोश पोखेका थिए । अब नागरिकताको मुद्दा  सकियो १२ भाइको मिटिङमा अब पासपोर्टको दुरुपयोग गरेको भन्दै यहि इसियुमा हान्नु पर्छ भन्दै बसेका होलान भनी सार्बजनिक रुपमा बताएका थिए ।साथै सभापति लामिछाने पत्रकार सम्मेलन गर्नुभन्दा केही दिन अगाडि आफू महाभारतको अभिमन्यु नभएको यस्ता चक्र्ब्युबाट कसरी निस्क्ने थाहा भएको भन्दै सामाजिक संजालमा लेखेका थिए ।
अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।”

पत्रकार सम्मेलनमा सभापति रबि लामिछानेले आफुलाइ जनताले चुनेर पठाएको र प्रत्यक मतको कदर गर्छु र खेर जान दिन्न भन्दै बताएका थिए आफू उपनिर्वाचन बाट पुर्न निर्वाचित भएर आउने भन्दै गर्दा एउटा विवाद सृजना भएको छ लामिछाने नागरिकताको विषयम सम्वेदनशिल नभैदिदा चितवन २ मा पुर्ननिर्वचान गर्दा सरकारबाट हुने निर्वाचनको खर्चमा राज्यलाई थप आर्थिकभार हुने प्रती गम्भीर नरहेको चर्चा सुरु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय