भदौ ७ , काठमाडौ
एकता पक्षधर तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ।

विभाजन हुँदा माधब कुमार नेपालका साथ छोडेका नेताहरु र अध्यक्ष ओली बीच आज छलफल गरि सहमति भएको हो।सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललाई दिएको छ।

प्रस्ताव भोलि बस्ने स्थायी कमिटीको बैठकमा पेस हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी प्रदान गरेको छ भने भोलि हुने बैठकमा सबै नेताहरु सहभागी हुने र पार्टी एकतामा देखापरेका समस्याहरुलाई समाधान हुने पनि प्रवक्ताले आज जानकारी दिएको हो। उहाँका अनुसार दल दर्ता प्रक्रिया रोक्दै एकताका लागि आह्वान पनि गर्ने कुरा बताउनुभएको छ।

नेता नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजबादी पार्टी दर्ता गर्दा असहयोग गरेका नेताहरु भिम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेताहरु छलफल गर्नको लागि बालकोट पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय