गत वैशाख महिनामा लिइएको कक्षा १० को बोर्ड परीक्षाको नतिजा एक-दुई दिनमै प्रकाशन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।अहिले परीक्षाफलको अन्तिम रुजु गर्ने काम भइरहेकाले आजभोलि नै नतिजा आउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।”अब एक दिनजति धैर्य गर्नुपर्ला,” मङ्गलवार बिहान शर्मा भने।यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिएका थिए।
दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा…
परीक्षा दिने छात्रा र छात्रको सङ्ख्या लगभग बराबर रहेको शर्माले बताए।”विद्यार्थीका यकिन सङ्ख्या र कतिजना परीक्षामा गयल भए भन्ने जस्ता विवरण मङ्गलवारसम्म स्पष्ट हुन्छ।”अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो।यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।देशभरिका करिब २,००० परीक्षा केन्द्रहरूबाट वैशाख ९ देखि २० गतेसम्म परीक्षा लिइएको थियो।
कसरी हेर्ने परीक्षाफल?
एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।







