काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउदैछिन् । उनीसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा विहान सवा ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने जनाएको छ ।
दुवैजना नेपालमा निकै नै विवाद भइरहेको एमसीसी परियोजनाबारे कुराकानीका लागि नेपाल आएका हुन् । उनीहरुको आगमनसँगै विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।







