भोलि राष्ट्रपतिको निर्वाचनको लागि नाम दर्ता गर्ने समयावधि नजिकिए सङ्गै बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको विषय सार्बजनिक भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको भन्दै एमाले उच्च स्रोतले जानकारी दिएको छ।
शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि शनिबार बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले बताए।







