नेपाल आइडल सिजन ५ का बिजेता गायक करन परियारको समुधुर आवाजमा रहेको गीत “ख्याल ख्यालैमा भैयो बन्धकी”युट्युबमा रिलिज भएको छ।
यस गीतमा टिकाराम ढकालको शब्द रहेको छ भने कोहलपुरका युवा व्यवसायी उमेश जङ्ग ठकुरी र चर्चित मोडेल स्मारिकाको अभिनयले भिडियोमा विशेष आकर्षण थपेको छ।
गीतको संगीत संयोजन र करन परियारको आवाजले गीतलाई अत्यन्तै मनमोहक बनाएको छ भने गीतको भिडियोले पनि प्रेम र रोमान्सको विषयवस्तुमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ। यो गीत अहिले युट्युबमा लोकप्रिय हुँदै गएको छ, विशेषतः युवापुस्तामा राम्रो प्रतिक्रिया पाइरहेको छ।







