काठमाडौँ, असोज २९ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अर्कैको कविता कपी गरेर आफ्नो फेसबुकमा राखेको भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । तर तथ्य के छ भने, ‘सत्य’ शीर्षकमा लेखिएको उक्त कविता बालेनकै कविता संग्रह ‘अश्र’ मा समावेश छ ।

‘अश्र’ कविता संग्रह प्रकाशित गर्ने बुकहिल प्रकाशनका प्रकाशक भूपेन्द्र खड्काले सामाजिक सञ्जालमार्फत जनाउँदै भनेका छन्,

“कसैले शंका गरेको कविता बालेन शाहकै ‘अश्र’ संग्रहमा प्रकाशित छ । कृपया हल्लामा विश्वास नगरी किताब पढ्नुस्।”

हालै बालेनले आफ्नो फेसबुक पेजमार्फत ‘सत्य’ शीर्षकको कविता सार्वजनिक गरेका थिए । सोही कविताका केही हरफहरूमा प्रयोग गरिएको भाषा र सन्देशलाई लिएर कसैले अर्कैको लेख कपी गरिएको आरोप लगाउँदै टिप्पणी गरेका थिए ।

तर पुस्तकका प्रकाशक तथा साहित्यिक वृत्तका स्रोतहरूका अनुसार, उक्त कविता बालेनकै मौलिक सिर्जना हो र यो पहिले नै मुद्रित रूपमा प्रकाशित पुस्तकमा प्रमाणसहित समावेश छ ।

सामाजिक सञ्जालमा फैलिरहेको गलत जानकारीका कारण साहित्यप्रेमी र बालेनका समर्थकहरूबीच भ्रम उत्पन्न भएको छ । यद्यपि बुकहिल प्रकाशनको स्पष्टिकरणपछि यो विवाद क्रमशः शान्त हुँदै गएको छ।‘सत्य’ कविता बालेन शाहकै कृति हो, जुन ‘अश्र’ संग्रहमा छापिएको छ। फेसबुकमा फैलाइएको ‘कविता चोरी’को आरोप पूर्ण रूपमा भ्रामक रहेको पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय