काठमाडौं : काठमाडौंको नक्सालमा रहेको टेस्ला शोरूममा शुक्रबार बिहान आगलागी भएको छ। आगलागीको खबर पाएपछि प्रहरी र दमकलको टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ। प्रहरी बृत्त मालिगाउँका डीएसपी इन्द्र सुवेदीका अनुसार आगलागीका कारण शोरूमको पहिलो र दोस्रो तल्लामा क्षति पुगेको छ, तर शोरूममा राखिएका गाडीहरू भने सुरक्षित छन्।

डीएसपी सुवेदीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको र थप विवरणहरू संकलन भइरहेको जानकारी दिएका छन्। यद्यपि, आगलागीका कारण ठूलो मानवीय क्षति भने भएको छैन। शोरूममा विद्युतीय सामग्री र अन्य संरचनामा क्षति पुगेको र यसबारे बृहत् अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

आगलागीको घटनाले स्थानीयवासीहरूलाई केही समय तनावमा पारेको थियो भने आगो निभाउन दमकलले समयमै नियन्त्रणमा लिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय