काठमाडौँ महानगरपालिकाका एक वडा सदस्य सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । महानगरपालिकाको वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अवस्थामा पक्राउ गरेको हो।
महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
आयोगको अनुसन्धानबाट महर्जनले घुस लिएको पुष्टि भएकोकाले भ्रष्टाचार निवारण ऐन,बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।







