काठमाडौंमा फैलिएको हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन गरिएको छ।जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले हैजा नियन्त्रणका लागि १५ सदस्य छानविन टोली गठन गरिएको जानकारी दिनुभएको छ ।

उहाँले काठमाडौँमा पुष्टि भएको हैजाका कारण पत्ता लगाउन रोकथामका लागि पनि छानबिन टोली गठन गरिएको बताउनुभयो टोलीको संयोजकमा जिल्ला सदस्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयाल हुनुहुन्छ।

अधिकारीका अनुसार हाल बागबजारको पानीमा ३ वटा नमूना संकलन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ उहाँको अनुसार काठमाडौँमा लामो समयसम्म फोहोर नउठेका कारण यो हैजा आएको हुनसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय