काठमाडौ उप्त्याकामा लामो समयपछि हल्का वर्ष भएको छ। आइतबार राति उपत्यकामा मेघ गर्जनसहित पानी परेको थियोे भने बिहान सम्मको बाताबरण अनुकुल रहेको छ साथै आज दिनभर बाताबरण अनुकुल रहने पनि उल्लेख्य गरिएको छ।
उपत्यकासहित कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा पनि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा १५ दिनपछि पानी परेको हो। यसअघि मे २८ मा काठमाडौंमा पानी परेको थियो। त्यसयता पानी नपर्दा काठमाडौंको तापक्रम बढिरहेको थियो।
पानी परेपछि अब विस्तारै तापक्रम घट्ने अपेक्षा गरिएको छ। पूर्वी तराईको तापक्रम पनि क्रमिक रूपमा घटिरहेको महाशाखाले जनाएको छ। आइतबार राति विराटनगरमा पनि हल्का वर्षा भएको छ।







