काठमाडाैैँ क्षेत्र नं ४ अन्तर्गत प्रदेशसभा(२) मा गठबन्धन पार्टीहरूकाे एकीकृत संयुक्त बैठक आइतबार बसेकाे छ। बैठकमा नेपाली काङ्ग्रेस,नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्रको संयुक्त बैठक बसेको हो।

उक्त बैठकमा नेपाली काङ्ग्रेसको तर्फबाट महामन्त्री गगन थापा, न्हुच्छेनारायण श्रेष्ठ नेकपा एस का प्रदेशसभा सदस्य कुसुम कार्की लगायत धुर्वराज न्यौपाने, तुलसी पनेरू उपस्थित रहेको थियोे भने माओवादी केन्द्रको तर्फबाट अमर बिक ,नगर अध्यक्ष भाइनारायण श्रेष्ठको उपस्थित रहेको थियोे एमाले पार्टी विभाजनपछि प्रदेशसभा सदस्य कुसुम कार्की एकीकृत समाजवादीमा गएको थियोे । बैठकमा गठबन्धन दलबीच क्षेत्र नं ४ मा के कस्ताे रणनीति बनाएर अगाडि बढ्ने तथा टिकटको वितरणका विषयमा छलफल भएकाे थियाे ।

२०७४ काे संघ तथा प्रदेशकाे चुनावमा संघमा काँग्रेसका गगन थापा तथा प्रदेशमा एमालेबाट कुसुम कार्की विजयी भएका उक्त क्षेत्र काठमाडौको महत्त्वपूर्ण क्षेत्रको रुपमा लिइन्छ। यसै क्षेत्रबाट एमालेको तर्फबाट संघमा डा राजन भट्टराई निश्चित प्राय छ।

बैठकमा स्थानीय निर्वाचनको के कस्ता कमिकमजोरी रहयो भनी समीक्षा गरिएको थियाे भने एकीकृत समाजवादी तथा माओवादी केन्द्रका नेताहरू तथा काँग्रेस स्पष्ट नहुँदा स्थानीय चुनावमा गठबन्धन नभएकाे र त्यसले गर्दा नतिजा राम्रो नभएको बताएका थिए । समग्रमा बैठकको निष्कर्ष भने स्थानीय निर्वाचनमा कमिकमजाेरी हुँदा यसको फाइदा एमालेले उठाएको हुँदा आउँदा दिनमा सच्याएर एकजुट भएर जाने कुरामा जाेड दिएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय