काठमाडौ निर्वाचन क्षेत्रका हिसाबले १० वटा निर्वाचन क्षेत्र तोकिएको छ भने त्यस अन्तरगत “क” र “ख” गरि छुट्याइएको छ ।

काठमाडौ क्षेत्र ४ अन्तरगत निर्वाचन क्षेत्र लाई दुईभाग “१ वा क” र “२ वा ख” छुटयाएको छ । जसमा सिङ्गो क्षेत्र अन्तरगत काठमाडौ महानगरपालिका वडा नम्बर १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९,१०, ११,१२, १३ का वडाहरु यस निर्वाचन क्षेत्र अन्तरगत पर्दछ।

१ वा क तर्फको निर्वाचन क्षेत्रमा काठमाडौ महानगरपालिका वडा नम्बर १,७,८,३० पर्दछ ।

२ वा ख तर्फको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिका १,२,८,९,१०,११,१२,१३ पर्दछ ।

काठमाडौ क्षेत्र नम्बर ४ मा जम्मा मतदाता संख्या ४-१ मा ३२७५९ जना क्षेत्रफल ५.६५ ब.कि मि र मतदान केन्द्रहरु ४० रहेका छन भने ४-२ अन्तरगत ३६९५७ जना क्षेत्रफल १८.६३ ब.कि मि र मतदान केन्द्र ४२ रहेको पछिल्लो निर्वाचन आयोगले प्रकाशन गरेको तथ्यांक छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय