शहरी विकास मंत्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।
बुधबार काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको साथमा भेटघाटको क्रममा मन्त्री झाक्री उक्त कुरा बताउनुभएको थियो साथै मन्त्री झाक्रीले नवनिर्वाचित काठमाडौ महानगरपालिका प्रमुख तथा उपप्रमुख लाई बधाई समेत दिएको छ ।
मन्त्री झाक्रीले भन्नुभयो तत्काल काठमाडौँ महानगरको फोहोर व्यवस्थापन बन्जरे डाँडामा गरेतापनि यसको दीर्घकालीन एवं वैज्ञानिक व्यवस्थापन हुन जरुरी छ साथै फोहोर व्यवस्थापनका लागि महानगरद्वारा फोहोर व्यवस्थापन कार्यदल समेत गठन भइसकेकोले उक्त कुरामा आफू सकारात्मक रहेको समेत जानकारी दिनुभएको छ ।
काठमाडौ महानगरभित्र युटिलिटी करिडोर निर्माण गर्न लागेकोले सहकार्य जरुरी रहेको पनि बताउनु भएको थियोे ।







