कान्तिबाल अस्पताल लाई दाताले दान गरेको मेशिन फिर्ता गरेर कमसल मेसिन खरिद गर्न लागेको भनि व्यापक विरोध भएको छ ।कान्तिबाल अस्पताल निर्देशक द्वारा  दाताद्वारा दान गरिएको गुणस्तरीय स्टैण्डर्ड परीक्षण मेसिन फिर्ता गरेर सो भन्दा कमसल मेसिन खरिद गर्न लागेको भनी यस विरुद्ध एकीकृत समाजवादी निकट कर्मचारी संगठन कान्ति बाल अस्पताल बिकास समिती कर्मचारी युनियन द्वारा अस्पताल ब्यवस्थापन समितिलाई सार्बजनिक खरिद छानबिन गर्नेको लागि निवेदन दिएको छ।

दाताद्वारा प्रदान गरिएको सो मेसिनले १६० प्रकारको रोगहरुको परिक्षण गर्छ भने कान्ति बाल अस्पतालका लागि एउटा दाताले उक्त जडान गरिदिएको हो। दाताले प्रदान गरेको मेसिन अस्पतालका निर्देशकलाई लिखित जानकारी नगराएको भन्ने बहाना बनाएर फिर्ता लैजान दातालाई बारम्बार दबाब दिएको साथै दाताबाट प्राप्त मेसिन र प्रयोग भईरहेको मेसीनले एउटै रि-एजेन्ट (केमिकल) प्रयोग हुने र लागत पनि निकै कम लाग्ने भन्ने फिल्ड भिजिट गरेर प्राविधिकले समेत दाताद्वारा प्रदान गरिएको मेशिन उपयुुक्त रहेको भनी जानकारी गरिएको थियोे। दाताद्वारा प्रदान गरिएको मेसिन फिर्ता गरेर पुनः सोही विशेषताको मेशिन सरकारी बजेट खर्च गरेर किन्न लागिएको तथा खरिद गर्न लागेको मेसिन तुलनात्मक कमसल र जम्मा ४० प्रकारको रोगको मात्र परिक्षण गर्न सकिने बताईएको छ।

दाताद्वारा प्रदान गरिएको मेसिनलाई फिर्ता गरेर पुर्न मेसिन खरिद गर्न कार्य गलत रहेको भनी कर्मचारी युनियनले निम्न ब्यहोराको साथमा अस्पताल निर्देशकलाई निवेदन बुझाए हो।

उपरोक्त सम्बन्धमा कान्ति बाल अस्पताल कर्मचारी यूनियन (आधिकारिक ट्रेड यूनियन) को मिति २०७९ साल श्रावण २३ गतेको बैठकको निर्णय बमोजिम, आ.ब.को अन्तीममा अस्पतालको प्रयोगशाला विभागमा एक थान “हेमाटोजोजी एनालाईजर” र एक थान “क्लिया एनालाईजर” अपारदर्शी ढंगले खरिद गरिएको पाईयो । सो सम्बन्धमा अस्पतालमा रहेको प्राविधिक समिति र चेकजाँच समितिलाई पनि कुनै जानकारी नभएको जानकारी प्राप्त भयो । प्रयोगशाला बिभागको विभागिय प्रमुखले क्लिया एनालाइजर स्वास्थ्य सेवा विभागबाट अनुदानमा आएको भन्ने जानकारी गराएको हुँदा विषय-प्रशंगहरुको अर्न्तबिरोधका कारण खरिद प्रकृया शंकास्पद देखियो । हेमाटोलोजी एनालाईजर पनि जापानिज कम्पनीको नाम भएको चाईनिज मेशिन ल्याईएको र प्राविधिक समितिको स्पेशीफिकेसनलाई छलेर आवश्यकता मुखी भन्दा पनि कुनै खास एक कम्पनीको उपकरणमुखी भएर तुलनात्मक अध्ययन बिना नै कमजोर गुणस्तरको मेशिन ल्याईएको अनुमान गर्न सकिन्छ । त्यसैले उल्लेखित उपकरणहरुको सार्वजनिक खरिद प्रकृया सदाचारमैत्री भए-नभएको, बनियत रहे-नरहेको भन्ने सम्बन्धमा समिति
बनाएर छानविन गरिपाउन यो निवेदन दर्ता गराईएको हो । छानविन समितिमा आधिकारिक ट्रेडयूनियनको प्रतिनिधि अनिवार्य राखिदिनुहुन र छानविन प्रकृयाको टुङ्गो नलाग्दा सम्म हाल जडान भैनसकेको साथै अनुदानबाट प्राप्तभएको भनिएको तर खरिद गरिएको उक्त क्लिया एनालाईजरको जडान तथा संचालन कार्य यथास्थितिमा नै राखिदिनुहुन अनुरोध समेत गरिन्छ । हामीलाई बिश्वास छ यो विषयलाई गंभिरता पूर्वक लिएर अस्पताल भित्रको समस्या अस्पताल भित्रनै समाधान गर्ने प्रयास हुनेछ।अस्पताल बाहिर लानुपर्ने अबस्था आउने छैन ।                                                             

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय