नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा शंका व्यक्त गरेका छन् । उनले पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको बताएका हुन् ।उनले एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य हुनसक्ने बताएका हुन्।

उनले भनेका छन् ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।  जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

ओलीले एमालेसँग टुक्रिएर गएको माधव कुमार नेतृत्वको पार्टीले समानुपातिकमा ३ प्रतिशत मत ल्याउन नसक्ने र राष्ट्रिय पार्टी बन्न नसक्ने बताएका थिए । सुरुमा उक्त पार्टीको समानुपातिक तर्फको मत कम आएपछि पचिल्लो समय मत बढ्दै गएपछि राष्ट्रिय पार्टी बन्ने तर्फ उन्मुख छ । माधव नेपाल नेतृत्वको नेकपा एसले राष्ट्रिय पार्टी बन्न सक्ने देखाएपछि ओलीले मतगणनामा शंका व्यक्त गरेका हुन्।   उनले एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य हुनसक्ने बताएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय