कार्तिक २ काठमाडौ/बागमती अन्लाईन खबर
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष रहेका देवराज रोकालाई पदबाट बर्खास्त गरेको छ।
यहि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। उनीहरुले केपि शर्मा ओलिको सरकारबाट राजनीतिक नियुक्ति पाएका थिए। नयाँ सरकारले हालै उनीहरुसङग स्पष्टिकरण सोधेको तर चित्तबुझ्दो जवाफ नआएका कारण कारबाही स्वरुप बर्खास्त गरिएको बताइएको छ।
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दा यसबारे औपचारिक जानकारी गराइएको थिएन। केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएका उनीहरुलाई देउवा नेतृत्वको गठबंधनको सरकारले हटाउने निर्णय गरेको हो।







