काठमाडौं, ६ माघ । नेकपा एमालेकी नेतृ कोमल वलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा आफू संक्रमित भएको खुलाएकी छिन् ।
वलीले आफू राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारलाई सघाउन जाने तयारीमा रहँदा संक्रमित भएको बताइन् । उनले आफू घरमै आइशोलेशनमा रहेको समेत बताएकी छिन् ।
कोमल वलिको आफ्नो फेसबुक यसरी लेखेका हुन।
यहि माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुन गैरहेको छ त्यो चुनावमा जाने र पार्टीले उठाएका हाम्रा उम्मेदवारलाई सहयोग गर्ने मेरो ईच्छा थियो तर अहिलेको महामारी कोरोनाको आक्रमण देखि मुक्त हुन सकिन ! म अहिले घरको चार दिवार भित्र कैद भएकी छु !
मेरो स्वास्थ्यका कारणले उपस्थित हुन नसक्दा दुखी भएकी छु !
हाम्रो उम्मेदवारहरुलाई विजयको शुभकामना !







