देशमा अहिले  पाँचदलीय गठबन्धनको सरकार छ।यहि माघ १२ गते राष्ट्रियसभाको चुनाव हुन लागेको छ भने राष्ट्रियसभा चुनावमा संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराउन गठबन्धनले अपिल गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १२ गते हुने निर्वाचनमा साझा उम्मेदवारहरुलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत बनाउन आग्रह गरेका हुन् ।

बुधबार १९ पदका लागि चुनाव हुँदैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन् ।१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय