गण्डकी प्रदेशबाट पनि एमाले बाहिरिए सङ्गै ठुला दलका हिसाबले काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । संसदबाट विश्वासको मत बहुमतले अस्वीकृत भएसँगै अधिकारी पदमुक्त भएका हुन् ।प्रदेश सभाको शनिबार बसेको बैठकमा उनले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएसँगै उनी पदमुक्त भएका छन ।

मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेका २२ जना सांसद र राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन् ।

एमाले गण्डकीका संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेका तीन जना, माओवादी केन्द्रका दुई जना र राप्रपाका एक जना मन्त्री नियुक्त गरेका थिए।

संघीय सरकारबाट एमाले बाहिरिएपछि गत चैत १० गते गण्डकी सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो । मुख्यमन्त्रीबाट अधिकारी बर्खास्त भएसँगै अब नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन ।

उनलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थन दिने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय