गायिका मेलिना राई द्वारा आफ्नो इङगेज्मेन्ट तोडिएको घोषणा गरेकी छिन।केही समय अगाडि आफू बिबाह बन्धनमा बाधिन लागेको भनी उनले इङगेज्मेन्ट गरेको थिइन भने आज उनले सामाजिक संजालमा इङगेज्मेन्ट तोडिएको भनी उदघोस गरेको हुन।

गायिका राई द्वारा सामाजिक संजालमा यसरी जानकारी गराएको छ।

बिषय – Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।           

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय