गायिका समीक्षा अधिकारीले सामाजिक संजालबाट बचनले दिएको घाउको औषधी वचन नै हो भन्दै रिसाए ।पछिल्लो केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी गायिका समीक्षा अधिकारीले सोसल मिडियामा आफुलाइ नराम्रो भन्नेहरुलाइ उनको आधिकारी सामाजिक सञ्जालबाट अहिले अलिक गम्भिर र भावुक विषयमा स्टाटस आउन थालेका छन् । आज पनि उनले बचनले दिएको घाउ मेट्न नसकिने बताउँदै एक स्ट्याटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो ।
वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’







