गोकर्णेश्वर, असोज १४ – गोकर्णेश्वर नगरपालिका वडा नं. ५ र ६ को संयुक्त आयोजनामा भेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गोकर्णेश्वर वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा र नगर प्रवक्ता तथा गोकर्णेश्वर वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीले टिका र खादा लगाएर प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेलाई बिदाई गरे।
यसै अवसरमा, जोरपाटी प्रहरी बिटका नयाँ प्रमुख सहायक निरीक्षक (असई) लोकेन्द्र गीरिलाई खादा लगाएर स्वागत गरिएको थियो। कार्यक्रमलाई समृद्ध र मर्यादित बनाउन गोकर्णेश्वर वडा नं. ५ का वडा सदस्य लक्ष्मी पुडासैनी, कमला नेपाली, र नेविसंघ गोकर्णेश्वर समितिका अध्यक्ष भारत अर्याललगायत स्थानीय समाजसेवीहरुले पनि सहभागिता जनाउँदै स्वागत तथा बिदाई गरे।
कार्यक्रमले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुर्याएको बताइन्छ। यस किसिमका कार्यक्रमहरूले समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

फोटो:गोकर्णेस्वर खबर







