काठमाडौं / गौरापर्वको अवसरमा सोमबार आयोजित कार्यक्रममा तीन युवा देशका प्रमुख नेताहरूविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेको थियोे । पक्राउ परेकाहरूमा सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना, र अछामका रामबहादुर बुढा रहेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही सुरु गरिएको छ। “टुँडिखेलमा भएको घटनामा संलग्न तीनजनालाई हालसम्म पक्राउ गरिएको छ। उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ,” अधिकारीले बताए।
प्राप्त जानकारीअनुसार, प्रशासनले गोपीकृष्ण जैसी र दीपक ठगुन्नालाई नौ दिन, साथै रामबहादुर बुढालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
पक्राउ परेका युवा नेताहरूको नाराबाजी र गिरफ्तारीको घटनाले राजनीतिक वृत्तमा चर्चा पाएको छ जसको आवाज ससदमा समेत उक्त विषय उठेको थियोे ।







