नविना श्रेष्ठ
२०८०/०३/०८

पख पख भन्दै आयो र टप्प टिप्यो अनि मिती पुग्यो र लग्यो। यसलाई कसैले टारेर पर्दैन त्यो इन्द्रले बिन्ती गरून् झुकेर पनि त्यो दिन पदको बिन्ती मान्दैन।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्ष एवं समाजसेवी दिपक कुंवर र समाजसेवी यादव कुंवरलाई मातृशोक परेको छ। शम्भु मान सिंह कुंवरको श्रीमती गोमा कुंवर ७८ बर्षको उमेरमा आषाढ ५ गते विहान ६:१५ मा मृत्यु भएको जनाइएको छ।

मृत्युपश्चात् अन्त्यष्टिको लागि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरेको थियो। पशुपति आर्यघाट मा श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेल, शंकर भण्डारी,दिपक गिरी,ने.कपा समाजवादी नेता किसान श्रेष्ठ ने.का.पा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपाल प्रहरी आइजीपी वसन्तराग कुंवर लगायत प्रहरी र सेनाका प्रमुखहरु अध्यक्ष सि.ई कन्ट्रक्सन विजय राज भण्डारी लगायत विभिन्न कम्पनीका प्रमुख व्यक्तित्वहरु श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाटमा पुग्नु भएको थियो। भने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा. विनोद विजुक्छे, अस्पतालका अन्य वरिष्ठ डाक्टरहरू र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत पशुपतिमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय