नेपाली टेलिचलचित्र ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । करिब आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका छन ।मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन् ।

अभिनेत्री बेनिशा हमालसँगै देखिने जनाइएको छ । शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवद्र्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन् ।

‘मेरी बास्सै’ले केदार घिमिरेलाई माग्ने बुढाको रुपमा चर्चित बनाएको थियो । आठ वर्षअघिसम्म उक्त सिरियलमा उनले सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँगै सहकार्य गरेका थिए । अहिले मेरी बास्सैलाई सुरवीर पण्डितलगायतका कलाकारले निरन्तरता दिइरहेका छन् ।केदार ‘छक्कापञ्जा ४’का कार्यकारी निर्माता समेत हुन् । फिल्ममा बेनिशा हमाल र केदार शीर्षमध्येको भूमिकामा छन् । हेमराज बीसी निर्देशित फिल्मले भर्चुअल माध्यमबाट मात्र फिल्मको प्रचारप्रसार गरिरहेको छ । सोही सन्दर्भमा मेरी बास्सैको प्लेटफर्मलाई निर्माताले प्रचारका लागि उपयोग गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय