काठमाडौं, भदौ २४ – नेपाली चलचित्र ‘रावायण’ अब सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। चलचित्रलाई पिजि सर्टिफिकेट’ प्रदान गरेपछि १६ वर्ष मुनिका बालबालिकासहित सबै उमेरका दर्शकले चलचित्र हेर्न पाउने व्यवस्था गरिएको हो।
चलचित्र प्रदर्शनको पहिलो तीन दिनसम्म १६ वर्ष मुनिका दर्शकलाई चलचित्र हेर्नबाट रोकिएको थियो, जसका कारण धेरै परिवार चलचित्र घरबाट फर्कनुपरेको थियो। यो घटनाले दर्शकहरूमा निराशा ल्याएको थियो। चलचित्र निर्माता तथा निर्देशकले यस घटनाप्रति दुःख व्यक्त गर्दै दर्शकसँग माफी मागेका थिए ।
निर्माता एव नायक पल शाहले भनेका छन्, “चलचित्रको उद्देश्य सबै उमेर समूहलाई मनोरञ्जन प्रदान गर्नु हो। चलचित्र जाँच समितिले पिजि सर्टिफिकेट प्रदान गरेपछी अब हामीले यो चलचित्र सबै दर्शकका लागि उपलब्ध गराउन पाउँदा खुसी छौं। आगामी दिनमा यस्ता त्रुटिहरू नदोहोर्याउन हामी प्रतिबद्ध छौं।”
आज बिहानदेखि ‘रावायण’ चलचित्र सबै उमेर समूहका दर्शकहरूको लागि खुला रहनेछ।








