बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा नेपाली काङ्ग्रेसका महामन्त्रीसमेत रहेका गगन थापा, एकीकृत समाजवादी कुसुम कार्की र माओवादीका राजेन्द्र श्रेष्ठ ऐेतिहासिक नगरी चुनिखेल(वुनपा १३) काे घरदैलाे सम्पन्न गरेका छन् ।
ऐतिहासिक नेवारी सभ्यता एवम् संस्कृतिसँग प्रकृतिकाे चमत्कारिक मिठास भएकाे चुनिखेलका चार गाउँ टुपेक, टुसाल, गाम्चा र सापाटारका जनताकाे घरटाेलमा पुगेका उम्मेदवार गगन थापालाइ स्थानीय जनताले उल्लाशपूर्ण स्वागत गरेका छन् ।
चुनिखेलकाे विकासमा पछिल्ला ५ वर्षमा भएकाे कराेडाैँकाे विकासे गतिबिधिमा थापाकाे महत्वपूर्ण याेगदान भएकाले पनि थापाकाे पक्षमा स्थानीवासी घरघरबाट बाहिर आएका थिए । घरदैलाेमा गठबन्धनका तर्फबाट प्रदेशसभाका प्रत्यासी कुसुम कार्की पनि सहभागि थिए ।
बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुइचरणमा भएकाे घरदैलाेमा वडाका गठबन्धन दल(नेका, नेकपा एकीकृत समाजवादी र माओवादी)का नेता कार्यकर्ता सहभागि थिए । यस वडामा माओवादी केन्द्रबाट राजेन्द्र श्रेष्ठ समानुपातिकमा प्रदेशसभामा सूचिकृत छन् ।







