चोलेन्द्र शमशेर जबरा सङ्ग आज पनि बयान लिइदै ।महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिदैछ।
संसद सचिवालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बयान शुरु हुनेछ। समितिले यसअघि दुइ दिन बयान लिँदा जम्मा ६ वटा मात्रै प्रश्न सोधिएको छ। बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि ६ वटा मात्रै प्रश्न सोधिएकोले बयान लम्बिने देखिएको छ।
समितिको बैठक यसअघि भदौ १५, १६ र १७ गते बसेको थियो। जबराले सोधिएका प्रश्नमा जवाफ दिने क्रममा प्रतिप्रश्न गर्नुका साथै सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाउँदै आएका छन्। जबराले न्यायालयमा बेथिति बढाएको राजनीतिक भागबण्डा खोजेको लगायतका २१ आरोप लगाएर सत्तारुढका ९० सांसदले गत फागुन १ गते महाभियोग दर्ता गरेका थिए।
जबरा त्यहीदिनदेखि निलम्बनमा छन्। जबराले नेपाल बारले तयार पारेको आरोपमा सांसदले हस्ताक्षर गरेर महाभियोग भनेको भन्दै आएका छन्।







