फूलपातीबाट प्रदर्शनमा आएको दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म `छक्कापञ्जा–५’ ले आक्रामक व्यापार गरिरहेको छ। दर्शकहरूबाट अत्यधिक माया पाएको यो फिल्मले दसैंको अवसरमा राम्रो कमाइ गरेको छ।

दीपकराज गिरी लगायतका कलाकारहरूको अभिनयले सजिएको फिल्ममा वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’ र बुद्धि तामाङ मुख्य भूमिकामा छन्।

फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गरेपछि गिरीले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शकहरूलाई धन्यवाद दिएका छन्। उनले खासगरी मौन रहेर वा ज्यान जोखिममा पारेर फिल्मलाई समर्थन गर्ने समर्थकहरूको प्रशंसा गर्दै भनेका छन्, “*यति धेरै घृणाविरुद्ध छक्का पन्जाले झन् धेरै माया पाइरहेको छ*।”

छक्कापञ्जा श्रृंखला सधैं व्यावसायिक रूपमा सफल भएको मानिन्छ, र यस पटक पनि पाँचौं संस्करणले दर्शकहरूको माया जित्दै राम्रो व्यापार गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय