काठमाडौं, १३ भदौ । म्याग्दी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-५ बस्ने १५ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटक पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरीकार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ४ जाँई बस्ने १६ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







