पौष २८  / कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यान दिदै काठमाडौं उपत्यकामा जारी गरिएको आदेश जिल्ला प्रशासन कार्यलयले गए राति १२ बजेदेखि लागु भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेको हो ।

जारी गरिएको आदेशानुसार अब अर्को सूचना नभए सम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ आउँदो माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन।२५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिक लगायत कार्यहरू गर्न पाइँदैन ।

सार्वजनिक सवारीसाधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । मास्क नलगाई सवारीसाधनमा यात्रा गर्न पाइने छैन ।औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने आदेशमा उल्लेख छ ।

जि.प्र.का काठमाडौंको जारी :-

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय