हालसालै भएको बूढानीलकण्ठ नगरपालिका वडा १३ अवस्थित गणेशको प्रतिमा स्थानान्तरण सम्बन्धी विवादमा बु.न.पा.१३ का अध्यक्षको नाम जोडिएकोमा स्पष्टिकरण आएको छ।बूढानीलकण्ठ नगरपालिका वडा अध्यक्षसङ्ग हामीले सम्वाद गर्दा त्यस्तो अभिव्यक्ति आफुले नदिएको त्यो स्पष्ट छ मैले गणेशको प्रतिमालाई  अझ मौलिक झल्किने गरी अझै ठूलो प्रतिमा बनाएर त्यस ठाउँको मौलिकता जोगाउनुपर्छ भन्ने मेरो भनाइ र निष्कर्ष रहेको जानकारी गराइएको छ।

गणेशको प्रतिमा स्थानान्तरणको विषयमा गरिएको सामाजिक संजाल एक पोस्टमा, वडा अध्यक्षको उपस्थिति मात्र रहेको र टुसालका केही गुथियारहरुले मात्र प्रतिमालाई स्थानान्तरण गर्ने अभिव्यक्ति दिएको खुलेको छ। यो विषयमा छलफल भइरहेको समयमा अध्यक्ष  पनि उपस्थित रहे तापनि, उनको यसमा संलग्नता नरहेको यथार्थ पछि बुझिएको छ।

अध्यक्षको नाम जोडिएकोमा माफी माग्दै, पोस्ट गर्ने व्यक्तिले अध्यक्षलाई  माफी दिन अनुरोध गरेका छन्। साथै, गणेश भगवानको प्रतिमा स्थानान्तरणको सट्टा यसको मौलिकता जोगाउँदै छिटो संरक्षण गर्न विनम्र अनुरोध पनि गरेका छन्।

यस घटनाले धार्मिक र सामुदायिक विषयमा जनप्रतिनिधिको नाम जोड्नुपूर्व बिशेष सतर्कता अपनाउनुपर्ने तथ्यलाई उजागर गरेको छ।

निष्कर्ष: गणेशको प्रतिमा विषयमा स्थानान्तरणको प्रस्तावना टुसालका केही गुथियारहरुको मात्र भएको स्पष्ट भएको छ। यस विषयमा वडा अध्यक्षको कुनै संलग्नता नरहेको पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय