कात्तिक १७ , काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णुराज ढकाललाई ल्याइएको छ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिएको हो।

मन्त्री गहतराजले खेलकुद विकास ऐन २०७७ को दफा १७ (१२) बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुदासम्मको लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।

सरकारले कात्तिक १ गते रमेश सिलवाललाई बर्खास्त गरेको थियो जसका कारण राखेपको सदस्य सचिव पद रिक्त रहेको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय