काठमाडौं, २४ भदौ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ। विमानमा प्राविधिक समस्या देखिएपछि चालक दलले सावधानी अपनाउँदै त्रिभुवन विमानस्थलमै पुनः अवतरण गराएका हुन्।

विमानले उडान भरेको केही समयपछि प्राविधिक समस्या पहिचान भएपछि चालक दलले विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सफल भएको विमानस्थलका एक अधिकारीले जानकारी दिए। घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्यलाई क्षति पुगेको छैन।

 श्री एयरलाइन्सले यात्रुहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यस्तो घटना हुँदा तत्कालै आवश्यक सावधानी अपनाइएको जनाएको छ।विमान आकस्मिक अवतरणपछि विमानस्थलमा अन्य उडानमा असर भने परेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय