त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन फारम खुला गरेको छ।
स्नातक, स्नातकोत्तर, र एमफिल तहमा अध्ययन पूरा गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरिएको छ। २०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिमा पिएचडी तह पूरा गर्नेहरूले पनि दीक्षान्त समारोहमा भाग लिन सक्नेछन्।
विद्यार्थीहरूले अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया भाद्र २० गतेदेखि सुरु भई असोज २३ गतेसम्म जारी रहनेछ। असोज २४ गतेदेखि आवेदन प्रणाली बन्द हुनेछ, त्यसैले इच्छुक विद्यार्थीहरूले समयमा आवेदन दिनु पर्नेछ।







