विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी गरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिविको ४९ औँ दीक्षान्त समारोह हुँदै छ। त्यस क्रममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन्। त्रिविका रजिष्टार पेशल दाहालका अनुसार दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी दीक्षित हुँदैछन्।

तर, त्रिविमा कुल ७३ हजार विद्यार्थीहरु उतीर्ण भएका छन्। उनीहरु सबै दीक्षित भएको मानिने हुँदा विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी पठाएको दाहालको भनाइ छ। जसका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि पनि नेपाल आइसकेका छन्।

समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गतेसम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय