चितवनको दासढुंगामा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। शुक्रबार बिहान सवा ५ बजे काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बस दुर्घटना भएको हो।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको  बागमती प्रदेश०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजय पण्डितले जानकारी दिए ।

उनका अनुसार बसमा चालकसहित लगभग ३२ जना सवार थिए। यीमध्ये घाइते भएका १९ जनालाई भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा लगेर उपचार भइरहेको उनले बताए।

घाइतेहरुको अवस्था सामान्य रहेको छ। घटनामा उद्दारको लागि चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीसहित २५ जनाको उद्दार टोली पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय