यतिबेला अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला चर्चामा छिन्। अविवाहित रहेकी  निरौलाले सिउँदोमा सिन्दूर हालेपछि चर्चामा आएकी हुन्।

चन्द्रागिरिमा दीपकराज गिरीसँग पुगेकी निरौलाको सिउँदोमा सिन्दूर देखिन्छ। दीपाश्रीले सिन्दूर हालेको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका छन्। उक्त भिडियोमा दीपकराज गिरी पनि संगै छन्।

यो टिकटक भिडियो अहिले भाइरल बनिरहेको छ। कतिपयले दीपाले किन सिन्दूर लगाएर मन्दिरमा पुगिन् भन्ने जस्ता प्रश्न गरिरहेका छन् भने कतिले दीपकसंग विवाह गरेको हो भन्ने जस्ता प्रश्नहरु पनि गरेका छन्।

तर भिडियोमा देखिएको दिपाको लुक्स फिल्म ‘छक्कापञ्जा ४’को गीतमा रहेको बताइएको छ।  ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि दीपक र दिपा चन्द्रागिरि पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय